रोनाल्डोको गोलमा युनाइटेडको सहज जित

जगत ठाडा मगर
२०७८ पुस १६ | बिहान ०८:०९ बजे

एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा बर्नलीमाथि सहज जित निकालेको छ । युनाइटेड बर्नलीलाई ३-१ गोल अन्तरले हराउदै शीर्ष ६ मा उक्लिएको हो ।
स्कट एमसी टोमिनीले ८ औँ मिनेटमा पहिलो गोल गरे । २७औँ बेन मीले आत्मघाती गोल गर्दा युनाइटेडले २-० को अग्रता बनायो । रोनाल्डोले ३५ औँ मिनेटमा घरेलु मैदानमा टिमका लागि तेस्रो गोल गरे । ३८औँ मिनेटमा आरोन लेनोनको गोल गरे पनि बर्नलीले हार टार्न सकेन ।
युनाइटेड १८ खेलबाट ३१ अंकका साथ छैटौँ स्थानमा रहँदा एक खेल कम खेलेको टोटनह्यमको ३० अंक रहेको छ । कोभिडका कारण एभर्टन र न्युक्यासलबीच तय खेल भने स्थगित भएको थियो ।






















