रौतहटमा कुलोमा डुबेर एक जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस १५ | मध्यान्ह ०२:०९ बजे

रौतहट । रौतहटको फतुवा विजयनगर नगरपालिका – ६ मा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । सोही नगरपालिका – ५ सन्तपुर दोस्तियाका ४० वर्षीय मिरहसन अन्सारीको कुलोको पानीमा डुबेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्सपेक्टर बिष्णु विश्वकर्माका अनुसार ३–४ दिनदेखि हराइरहेका अन्सारीको शव सडेको अवस्थामा भेटिएको हो । मृतक अन्सारीमा जाँडरक्सीको लत रहेको बताइएको छ । अन्सारीको कुलोमा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाईएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।






















