Opens in a new tab

देश

बझाङमा २ जना पुरुष मृत फेला

जगत ठाडा मगर
२०७८ पुस १५ | मध्यान्ह १२:०९ बजे

बझाङ, पुस १५ । बझाङमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन्। बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ बुड्खोरीका वर्ष ४३ का जंग धामी र सुर्मा गाउँपालिका–१ दौलीचौरका वर्ष ४४ का किट्टु बोहरा मृत फेला परेका हुन्।

धामी घर नजिकै नौपाते भन्ने ठाउँमा बिहीवार बिहान मृत फेला परेका हुन्। भने, मंगलबारदेखि घरबाट हराएका बोहरा घरबाट केही टाढा पदाली भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताए।

धामी र बोहरा दुबै जनाको चिसोले कठ्यांग्रीएर ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ। दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमिखेत ल्याउन प्रहरी टोली खटाएको छ।

कमेन्टहरु