अर्थ

सुनको मूल्य ओरालो लाग्न थाल्यो

जगत ठाडा मगर
२०७८ पुस १५ | मध्यान्ह १२:०९ बजे

काठमाडौ, पुस १५ । मंगलबारदेखि सुनको मूल्य ओरालो लाग्न थालेको छ । सोमबारको तुलनामा मंगलबार प्रतितोला २०० रूपैयाँले घटेको सुनको मूल्य बुधबार तोलामा ५०० रूपैयाँले घटेको थियो । यस्तै, आज विहीबार प्रतितोला ४०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यससँगै, आज विहीबार छापावाल सुन प्रतितोला मूल्य ९२ हजार १०० रूपैयाँ र तेजाबी सुन प्रतितोला मूल्य ९१ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम थियो ।

यस अवधिमा चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले घटेको महासंघले जानकारी दिएको छ । सोमबार प्रतितोला १२ सय ५० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज विहीबार प्रतितोला १२ सय ४५ रूपैयाँ छ ।

कमेन्टहरु