माओवादी अधिवेशन : प्रचण्डको प्रतिवेदनमाथि १४ समूहको रिपोर्टिंङ सुरु

जगत ठाडा मगर
२०७८ पुस १५ | मध्यान्ह १२:०९ बजे

काठमाडौं, पुस १५ : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज पाचौं दिन अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिने क्रम पुनः सुरु भएको छ।
प्रतिवेदनमाथि छलफल गर्न १७ सय प्रतिनिधिबाट २५ समूह विभाजन गरिएको थियो। समूहगत छलफलपछि बुधबार ११ समूहले आ–आफ्नो सुझाव र निष्कर्ष पेस गरिसकेका छन्। बाँकी रहेको १४ समूहले आज सुझाव प्रस्तुत गर्ने क्रम सुरु भएको छ।
बिहान साढे ११ बजेपछि समूहका टोलीनेताहरुले सुझाव र निष्कर्ष प्रस्तुत गरिरहेका छन्। प्रत्येक समूहलाई सुझाव प्रस्तुतका लागि १५ मिनेटको समय निर्धारण गरिएको छ । आज सुझाव संकलन गरी प्रतिवेदनलाई अन्तिम रुप दिइने छ। प्रतिवेदनमाथि छलफल सकिएर निर्णयार्थ पेस भएपछि महाधिवेशनको अन्य प्रकृया सुरु हुनेछ।






















