समाज

सन नेपाल लाइफ इन्स्योरेन्स लहान शाखाद्वारा पीडितलाई ११ लाखको चेक हस्तान्तरण

जगत ठाडा मगर
२०७८ पुस १५ | बिहान १०:०९ बजे

महेश सिंह
सिरहा लहान, पुस १५ । सन नेपाल लाइफ इन्स्योरेन्स लहान शाखाद्वारा पीडितलाई ११ लाखको चेक हस्तान्तरण गरेका छन् । सिरहाको अर्नमा गाउँपालिका वडा २ बस्ने कैला महराको छोरा श्रीलाल महराले वैदेशिक रोजगारको बिमा गराएका थिए।

महराले वैदेशिक रोजगार कतार जानलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी १० लाखका वैदेशिक रोजगार बिमा गराएका थिए। महराले श्रम गराएर घर बस्दा श्रम गराएको दुई महिना नबित्दै सडक दुर्घटनामा परेर सिरहाको नरहा गाउँपालिकास्थित सडक दुर्घटनामा परेर श्रीलाल महराको मृत्यु भएको थियो।

मृतकका श्रीमती रिंकी कुमारीलाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाको प्रबन्धक/म्यानेजर उपेन्द्र नारायण महतोले कार्यालयमा बोलाए क्रिया खर्च १ लाख र इन्स्योरेन्स बापत १० लाख गरी जम्मा ११ लाखको माछापुच्छरे बैंकको चेक पत्रकार महेश सिंह र स्वर्गीय महराको आफन्तको रोहबरमा प्रबन्धक महतोले पीडित कुमारीलाई चेक हस्तान्तरण गरेको छ।

कमेन्टहरु