Opens in a new tab

शिक्षा

बुटवलमा दुई दिन बिद्यालय बन्द

जगत ठाडा मगर
२०७८ पुस १५ | बिहान ०९:०९ बजे

बुटवल, पुस १५ । चिसो बढेसँगै बुटवलका विद्यालय दुई दिन बन्द हुने भएका छन्। मंगललबार रातिदेखि लगातार परेको वर्षासँगै अत्यधिक चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चिसोमा विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै पुस १५ बिहीबार र १६ गते शुक्रबारविद्यालय बन्द गर्ने निर्णय गरेको छ।

वर्षे तथा हिउदे बिदाबाट मिलान गर्ने गरी दुई दिन बिदा दिने निर्णय गरिएको नगरपालिकाले जानकारी गराएको छ।

कमेन्टहरु