देश

प्रचण्डद्वारा तमु ल्होसारको शुभकामना

जगत ठाडा मगर
२०७८ पुस १५ | बिहान ०९:०९ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तमु ल्होसारको शुभकामना दिएका छन् ।

बिहीबार बिहान शुभकामना सन्देश जारी गर्दै प्रचण्डले देश विदेशमा रहेका सबै नेपालीहरूलाई सु-स्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सांस्कृतिक विविधताले भरिएको देश भएको भन्दै उनले नेपाली समाजको यही विविधता विश्व समुदायका लागि एक सामाजिक सद्भावको प्रेरणादायी सन्देश रहेको उल्लेख गरेका छन् ।

देशका लागि भाषा, संस्कृति, भेषभूषा र संस्कार सभ्यताका आधार स्तम्भ भएकोले यिनको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व रहेको प्रचण्डको भनाइ छ ।

कमेन्टहरु