देश

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

जगत ठाडा मगर
२०७८ पुस १४ | मध्यान्ह ०८:०९ बजे

काठमाडौं । जिल्ला अदालत काठमाडौले पूर्वसांसद् एवं सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ्सका संस्थापक अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश राजकुमार कोइरालाको इजलासले सहकारीमा रकम वचत गर्नेहरुको रकम ठगी गरेको तथा संगठित अपराध मुद्दा लागेका तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तामाङले ठगी गरेको निष्कर्षसहित ५ अर्ब ६७ करोड बिगो माग दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

त्यही प्रतिवेदनका आधारमा दायर मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । तामाङविरुद्ध एक हजार ४९९ जनाले किटानी जाहेरी दिएका थिए ।

कमेन्टहरु