राजनीति

प्रचण्डको प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिँदै

जगत ठाडा मगर
२०७८ पुस १४ | मध्यान्ह ०१:०९ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथि समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न सुरु गरिएको छ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा बुधबार दिउँसो १ बजेबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलको सुझाव तथा निष्कर्ष टोली नेताले प्रस्तुत गर्न थालेका हुन् ।

महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र पार्टी स्थायी कमिटी सदस्य देव गुरुङले पार्टीको विधान मस्यौदा प्रस्तुत गरेका थिए । ती दस्तावेज तथा मस्यौदामाथि छलफलका लागि महाधिवेशन प्रतिनिधिहरूलाई २५ समूहमा बाँडिएको थियो ।

समूहगत रूपमा मंगलबार र बुधबार छलफलका लागि समय निर्धारण गरिएको थियो । अहिले छलफलपछिको सकरात्मक तथा नकरात्मक सुझाव तथा टिप्पणी समूहका टोली नेताले प्रस्तुत गरिरहेका छन् । त्यसपछि अध्यक्ष प्रचण्डले जवाफ दिनेछन् ।

कमेन्टहरु