Opens in a new tab

देश

भोलि सार्वजनिक बिदा दिन गृहको प्रस्ताव

जगत ठाडा मगर
२०७८ पुस १४ | मध्यान्ह ०१:०९ बजे

बुटवल, पुष १४ । गृहमन्त्रालयले बिहीबार सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ। बिहीबार गुरुङ समुदायको महत्त्वपूर्ण पर्व तमु ल्होसार भएकाले सार्वजनिक बिदाका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाने तयारी गरेको हो।

आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ। गृहले बिदाका लागि क्याबिनेटमा प्रस्ताव लैजान लागेको हो। मन्त्रिपरिषद्‍को निर्णयले बिदाबारे तय गर्ने उनले बताए।

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँछन्।

कमेन्टहरु