Opens in a new tab

भ्रष्टाचार

नारायणी यातायात व्यवस्था कार्यालय वीरगंज बन्यो बिचौलियाको अखडा

जगत ठाडा मगर
२०७८ पुस १४ | बिहान १०:०९ बजे

राहुल गुप्ता
वीरगंज । नारायणी यातयात व्यवस्था कार्यालय वीरगंज बिचौलियाको अखडा बनेको पाइएको छ । प्रत्यक्ष सेवा ग्राही दैनिक धाई रहदा काम नगरेका कर्मचारीले बिचौलियाको माध्यमबाट सरल तरिकाले गरेको पाईएको छ ।

एक जना काठमाण्डौं बस्ने सेवाग्राहीले पटक पटक आफ्नो कारको लाईसेन्सको रिनिवल गराउन आउदा पनि यातायात कार्यालय वीरगंजका कर्मचारीले सर्भर बिग्रेको बहानाबाजी गर्दै टार्ने गर्दथे तर विचौलियालाई पैसा दिएर पठाउदा उनै कर्मचारीले रिनवल गरी दिएको ति सेवाग्राहीले बताएका छन ।

साथै बिचौलियाहरुले आफनै हातले ढाँटामा गाडीको नामसारी, गाडीको रिनवल जस्ता कार्यहरू गर्नको लागि बिचौलिया आफै लेखेर फाँटका कर्मचारीहरु सँग सहि गराउने प्रत्यक्षदर्शी सेवा ग्राहीले बताएका छन ।

नारायणी यता यातायात ब्यबस्था कार्यालय वीरगंजका कर्मचारीहरुले सेवा ग्राहीलाई बहाना बनाई दुख दिने गरेका छन तर बिचौलियाका माध्यमले पैसा लिएर त्यही काम गर्ने गरेका छन । सेवा ग्राहीलाई सेवा प्रवाह गर्न उनीहरुले मात्र कार्यालयको समयमा बस्ने कर्मचारीहरु बिचौलियामार्फत हुने कार्यलाई राती अबेर सम्म कार्यालयमा नै बसेर कार्य गर्ने तथ्य प्रमाण फेला परेको छ ।

कमेन्टहरु