रिब्दीकोट गाउँपालिकाले पालुङ्गमैनादीका सुत्केरी महिलालाई नगद एवम पोषणयुक्त खानेकुरा वितरण


सन्तोष गहतराज
पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिकाले वडा न ७ पालुङ्गमैनादीका सुत्केरी महिलाहरूलाई सुत्केरीको समयमा दिदै आएको नगद एवम सुत्केरी अवस्थामा पोषण लागि प्रदान गर्दै आएको अण्डा वितरण गरेको छ । रिब्दीकोट गाउँपलिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नारायण बहादुर जि सीले नगद एवम अण्डा वितरण गर्नुभएको थियो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले गाउँपालिकाले सुत्केरी अवस्थामा गाउँपालिकाले महिलाहरूलाई १ हजार ५ सय दिने र गर्भवती समय देखि नै पोषणका लागि अण्डा वितरण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
गाउँपालिकाले ५ वटा डेलिभरी सेन्टरबाट सुत्केरी महिलाहरूलाई सुत्केरी गराउदै आएको छ । पालिकामा स्वास्थ्य ईकाइ सहित ११ वटा स्वास्थ्य सस्थामा रहेकोमा ५ वटा डेलिभरी सेन्टरबाट सुत्केरी गराउने कार्य गरिएको छ । गर्भवती महिलाहरुलाई नेपाल सरकारले तोकेको प्रोटोकल अनुसार गर्भ रहेको ४ महिना, ६ महिना, ८ महिना र ९ महिनामा गर्भ परिक्षण स्वास्थ्य संस्थाहरुमै गराउने, महिनाहरुमा गर्भ परिक्षण गर्दा हरेक गर्भवतीहरुलाई एक पटकमा ३० वटा अण्डा वितरण गरिएको बताउनुभयो ।
महिलाहरू स्वास्थ्य सस्थामा सुत्केरी नभइ घरमै सुत्केरी हुदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने हुदा गाउँपालिकाले सुत्केरी महिलालाई स्वास्थ्य सस्थामा नै सुत्केरी गराउनका लागि अभियान सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताउनुभयो ।

स्वास्थ्य सस्थाको बैठकबाट मिति २०७८ पौष १ गते देखि लागू हुने गरि सबै स्वास्थ्य संस्था गर्भवतीहरुलाई अण्डा वितरण गर्ने, महिलाहरुको गर्भअवस्थामा आवश्यक पर्ने थप पोषण महत्त्वको बारेमा जानकारी गराउने, गर्भ अवस्थामा हुने स्वास्थ्य जटिलतालाई कम गर्ने र शून्य होम डेलिभरी गरि पुर्ण रुपमा सिङ्गो पालिकालाई नै पुर्ण संस्थागत सुत्केरी गराउने उधेश्य अनुसार पोषण कार्यक्रमलाई बजेट विनियोजित गरिएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताउनुभयो । हरेक गर्भवती महिलाले भर्व अवस्थामा अनिवार्य रूपमा ४ पटक परिक्षण गर्नुपर्ने र परिक्षण क्रममा स्वास्थ्य सस्था आउदा एक पटकमा ३० वटाका दरले १ सय २० वटा अण्डा गाउँपालिकाले उपलब्ध गराउदै आएको छ ।
महिलाहरूलाई अन्य समयमा भन्दा गर्भवती भएको समयमा पोषणयुक्त खानेकुराको आवश्यक पर्ने हुदा गाउँपालिकाले अण्डा वितरण कार्यक्रम सञ्चालन गरेको छ । गर्भवतीको समयमा आमा र बच्चाको स्वास्थ्य अवस्थाको बारेमा समय समयमा परिक्षण आवश्यकता हुने हुदा गाउँपालिकाले आमा र बच्चाको स्वास्थ्यलाई मध्ये नजर गरि ४ पटक अनिवार्य रूपमा परिक्षण गराउनुपर्ने व्यवस्था गरेको बताउनुभयो । साथै गाउँपालिकाले पालुङमैनादीका सुत्केरी आमाहरूको नाम संकलन गरि नगद र पोषणका लागि नगद प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर जि सीले रिब्दीकोटलाई पुर्ण सस्थागत सुत्केरी बनाउनका लागि अभियान सञ्चालन गरिएको र आगामी दिनमा छिटै शुन्य डेलिभरी गरि पुर्ण सस्थागत सुत्केरी पालिका घोषणा गरिने बताउनुभयो । गाउँपालिकाले महिलाहरूलाई सुत्केरी अवस्थामा अन्य समयमा भन्दा धेरै पोषणयुक्त खानेकुराको आवश्यक पर्ने हुदा गर्भवती महिलाहरूलाई केन्द्रित गरि पोषणका लागि अण्डा वितरण,पालिकाका डेलिभरी सेन्टरबाट सुत्केरी गराउने सुविधा प्रदान गरिएको बताउनुभयो ।
गाउँपालिकाले नेपाल सरकारले तोके बमोजिमको अति गरिब परिवारलाई निशुल्क सुत्केरी गराउने,पालिका भित्रका तथा अन्य स्वास्थ्य सस्थामा सुत्केरी भएमा गाउँपालिकाले आमा र बच्चाको लागि १ हजार ५ सय रकम प्रदान गर्ने कार्य गरिएको बताउनुभयो । सोही अनुसार पालुङमैनादीका सुत्केरी महिलाहरूलाई नगद एवम अण्डा वितरण गरिएको र यसबाट नवजात शिशुको वृद्धि विकास समेत टेवा पुर्याउने बताउनुभयो ।
रिब्दीकोट गाउँपालिकालाई निकट भविष्यमा नै पोषणमैत्री वा घोषणा गरिने र स्वास्थ्य संस्थामा थप ल्याव सेवन विस्तार गरिने अध्यक्ष जि सीले बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका कृषि शाखा प्रमुख रन्जिव कुवर , महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका ,तथा व्यवस्थापन समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।






















