देश

घोराही कारागारको जेलर युवराज परियारसहित नौ जना पक्राउ

जगत ठाडा मगर
२०७८ पुस १४ | बिहान ०७:०९ बजे

दाङ, पुस १४ : दाङको घोराही कारागारबाट कैदी भागेको घटनामा जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ परेका छन् । पुस ७ गते कारागारका नाईके यामराम परियार भागेपछि त्यसमा स‌ंलग्न रहेको आशंकामा जेलर र सुरक्षाकर्मीलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, विपासा चौधरी, समि चौधरी, सौरभ खनाल, भानुभक्त पाण्डे र थकाली होटलका सञ्चालक रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ।

उपचारका लागि भन्दै काराबारबाट निस्कीएका प्रहरी धनबहादुर चौधरी र कैदी परियार अस्पताल नगई होटलमा पुगेका थिए। थकाली होटलमा दुई महिलासहित पुगेका उनीहरुमध्ये परियारले प्रहरी जवान चौधरीलाई कोठामा थुनेर भागेका थिए।

कारागार प्रशासन र सुरक्षा संयन्त्रको लापरबाहीका कारण कैदी भागेको भन्दै घटनामा संलग्न रहेको आशंकामा उनीहरुलाई अनुसन्धानको दायरामा ल्याइएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।

कमेन्टहरु