तिनाउ दानव करीडोर पिडित संघर्ष समितिद्वारा बुटवलमा धर्ना


सुरज नेपाली
बुटवल, १४ पुस । तिनाउ दानव करीडोर पिडित संघर्ष समितिले मंगलबार बुटवल उपमहानगरपालिकामा एक घण्टा धर्ना दिएको छ । करिडोर पिडितहरूको उचित ब्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिको आह्वानमा मंगलबार मध्याह्न १२ बजेदेखि १ बजेसम्म नगरपालिकामा धर्ना दिएको हो ।
धर्नाका कारण त्यस क्षेत्रको सवारी आवागमन अबरुद्ध भएको थियोे । यसअघि बुटवलको पुरानो बसपार्कबाट सुरु भएको बिरोध जुलुस बि पि चोक, ट्राफिक चोक हुँदै नगरपालिका गेट अगाडी पुगेर धर्नामा परिणत भएको थियोे ।
प्रदर्शनकारीहरूले करीडोर पीडित सबै सुकुम्बासीलाई लाल पुर्जा दे, करीडोर पीडित सबैलाई उचीत ब्यबस्था गर, मत र कर बैध जनता किन अबैध र विकासको नाममा जनताको बिचल्ली र बिनास गर्न पाइदैन, यस्ता मेयर चाइदैन, सयुक्त सघर्स समीती एकता जिन्दाबाद लगायतका नारा लगाएका थिए ।
धर्ना पश्चात् आयोजित कोणासभालाई सम्बनेधन गर्दै संघर्ष समितिका अध्यक्ष आत्माबहादुर रानाले अव्यवस्थित र भुमिहिन जनताहरूलाई व्यवस्थित रूपमा बसोवासको ब्यवस्था गर्न माग गर्दै जनताको गाँस, बास उठाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नु मुर्खतापुर्ण भएको बताए । आफुहरूको माग पूरा नभए बुटवल उपमहानगरपालिकामा तालाबन्दी गरि सम्पुर्ण कामकाज ठप्प पार्ने उनिहरुको चेतावनी छ ।






















