रौतहट कार दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो

जगत ठाडा मगर
२०७८ पुस १३ | मध्यान्ह ०७:०९ बजे

जनकपुर । रौतहटमा भएको कार दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । उनीहरूमध्ये पाँचजनाको सनाखत भइसकेको छ ।
ज्यान गुमाउनेहरूमा गढीमाई नगरपालिका ३ गम्हरीयाका १६ वर्षीय शेख नैसाद, २२ वर्षीय शेख सैनुल्लाह, ५५ वर्षीय डा. मेसाफिर अन्सारी, २५ वर्षीय शेख छोटु र १५ वर्षीय शेख अजिबुल्लाह रहेका छन् ।
घाइते भएका १६ वर्षीय शेख अलफाजलाई उपचारको वीरगञ्जमा पठाएको छ भने वर्ष १५ का शेख अमानत र वर्ष १७ का शेख करिमुल्लाहको ग्रान्डी हस्पिटलमा उपचार भइरहेको छ ।






















