रौतहटमा जन्ती बोकेको कार दुर्घटना हुदाँ चार जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस १३ | मध्यान्ह ०६:०९ बजे

रौतहट, १३ पुस । जन्ती बोकेको कार रौतहटमा दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ । आज (मंगलबार) चन्द्रपुर–गौर सडक खण्ड अन्तर्गत जन्ती बोकेको सवारी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
भारतीय बीआर ०५ पीए ६९५३ नम्बर प्लेटको रातो स्कारपियो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको र तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
मृत्यु हुने सबै भारतीय नागरिक रहेको बुझिएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमको लागि ग्रान्डी अस्तालमा तीन जनाको र एक जनाको हेल्थ लाइन अस्पताल गरुडामा राखिएको छ । उक्त कारमा सात जना सवार रहेको थियो ।






















