देश

भारत लगिरहेको भारी मात्रामा गाँजा पर्साका सशस्त्र प्रहरीद्वारा बरामद

जगत ठाडा मगर
२०७८ पुस १३ | मध्यान्ह १२:०९ बजे

वीरगञ्ज, १२ पुस । पर्साको पोखरीया नगरपालिकामा रहेको सशस्त्र प्रहरी बेस क्याम्पले भारी मात्रामा प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ । पर्साको पोखरिया नगरपालिका नम्बर ३ बसन्तपुर नहरबाट सोमबार दिउँसो छिन्नमस्त बाहिनी नम्बर २ का सशस्त्र प्रहरी हवलदार प्रमोद बैठाको टोलिले विशेष सुचनाको आधारमा बा. ५ च ६५५३ नम्बरको टिपरबाट चेकजाच गर्दा सो टिपरबाट १ सय ५० किलो लागू औसध गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बेस क्याम्प पोखरीयाका सशस्त्र प्रहरी निरिक्षक बिरेन्द्र सेनको कमाण्डमा खटेका सशस्त्र प्रहरीको गस्ती टोलीले प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको हो । मकवानपुर जिल्लाबाट बा ५ च ६५५३ नम्बरको पिकप गाडी पर्साको मुडली तर्फ आईरहेको अवस्थामा विशेष सुराकीको आधारमा वीरगञ्ज मुडली सडकखण्ड अन्तरर्गत बसन्तपुरमा उक्त गाडी नियन्त्रणमा लिई चेकजाँच गर्दा १ सय ५० किलोग्राम लागू औषध गाँजा बरामद भएको सशस्त्र प्रहरी निरिक्षक सेनले बताए ।

पिकप गाडीमा सेटिंग गरी लागू औषध गाँजा लुकाई छिपाई गरी लगिरहेको अवस्थामा उक्त गाँजा बरामद गर्न सफल भएको उनले बताए । मुडली तर्फ पिकप गाडी आईरहेको थियो, सशस्त्र प्रहरी निरिक्षक सेनले भने, हामी विच बाटोमा चेकजाँचका लागि तैनाथ थियो, हाम्रो गस्ती टोली देख्नासाथ पिकपका चालक गाडी छोडी फरार भएका थिए । गाडी नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त परिणामको गाँजा फेला परहेको हो ।

बरामद गरिएको गाँजा र पिकप गाडीलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको प्रदेश नम्बर २ का सशस्त्र प्रहरी प्रमुख गणेश ठाडामगरले जनाएका छन ।

कमेन्टहरु