दुई सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा वृद्धि

जगत ठाडा मगर
२०७८ पुस १३ | बिहान ११:०९ बजे

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (सोमबार)को तुलनामा आज मंगलबार छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको हो ।
गत सोमबार सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत गत सोमबारको तुलनामा तोलामा दुई सय रुपैयाँले नै घट्दै आज प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । महासंघका अनुसार गत सोमबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज १० रुपैयाँले घट्दै एक हजार २५० रुपैयाँमा कारोबार भएको छ ।






















