सिरहाका सन्तोष साहले जिते बीबीसी मास्टरसेफ ‘रिम्याच’को उपाधि


काठमाडौं । बेलायतमा कार्यरत नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याच उपाधि प्राप्त जितेका छन् । सोमबार साँझ बीबीसी वान तथा आइप्लेयरमा प्रसारित अन्तिम प्रतिस्पर्धामा जमी पार्क, फिली आर्मिटेज र बार्ट वान देर लीलाई पराजित गर्दै सिरहाका साहले उपाधि जितेका हुन् ।
विगतका शृंखलामा अन्तिम चरणसम्म पुगेका चार प्रतिस्पर्धीलाई उनीहरुको खाना र करियरले कति प्रगति गरेको छ भनेर देखाउनको लागि मास्टर्ससेफ रिम्याच प्रोफेसनल कार्यक्रम आयोजना गरिन्छ । यो कार्यक्रममा ४ जना प्रतिस्पर्धीहरु थिए । सन्तोषले १८ विभिन्न नेपाली ‘भेगन’ खाना प्रस्तुत गरेका थिए । दोस्रो चरणको ‘फेस्टिभ फिस्ट’ मा उनले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेडांको चट्नी, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए ।
उनका प्रतिस्पर्धीहरुमध्ये जामिया पार्क बीबीसी मास्टरसेफ २०१७ को सिजनका अन्तिम प्रतिस्पर्धी थिए भने बाँकी दुई फिली आर्मिटेज र बार्त धान डेर ली २०२० को अन्तिम सिजनका प्रतिस्पर्धी हुन् । साह २०२० को सिजनमा मास्टर्ससेफ प्रोफेसनको दोस्रो हुन सफल भएका थिए । गत वर्ष ३२ जना प्रतियोगी सहभागी रहेको बीबीसी मास्टरसेफ द प्रोफेसनल २०२० को दोस्रो स्थानको उपाधि हासिल गरेका थिए । यो उपाधि हात पार्ने उनी पहिलो नेपाली हुन् ।
ग्राण्ड फिनालेमा पुगेका सन्तोषले प्रतियोगिताभर नेपाली खाना बनाएर निर्णायकहरुको मन जितेका थिए । उनले यस पटकको प्रतियोगितामा भेगन खानाको साथमा तराईमा प्रचलनमा रहेको खाद्य परिकारलाई पनि समेट्न सकेकोमा खुशी लागेको बताए ।






















