देश

२ नम्बर प्रदेशका सिरहा र सर्लाही बन्यो अशान्ति, प्रहरीको भ्यानमै आगो लगायो

जगत ठाडा मगर
२०७८ पुस १३ | बिहान ०९:०९ बजे

बिनोद मण्डल
सिरहा, पुस १३ । २ नम्बर प्रदेशको तराईमा असान्ती फैलिएको छ । तराईको सिरहा र सर्लाहीमा बन्द हड्ताल सामान्य नै भएको छ । त्यसैगरी आइतवार राती गस्तीमा हिँडेको प्रहरीको ना १ झ ८६९ नम्बरको भ्यानको ठक्करबाट एक व्यवसायीको ज्यान गएपछि स्थानीयवासीले प्रहरीको भ्यानमा आगो लगाएका छन् ।

ईश्वरपुर नगरपालिकाको कार्यालय परिसरमा पार्किङ गरी राखेको इलाका प्रहरी कार्यालय हरिपुरको ना १ झ ७४८२ नम्बरको प्रहरीको जीपमा आक्रोशित स्थानीयवासीले आगो लगाएका हुन् । यसैबीच प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर पाँच प्रहरी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानले आइतवार राति ठक्कर दिँदा ईश्वरपुर नगरपालिका ५ का व्यापारी रामकुमार महतो घाइते हुनुभएको थियो ।

घाइते महतोको सर्लाही अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । फेन्सी पसल बन्द गरेर ना। ४३ प ५०१८ नम्बरको मोटरसाइकल चलाएर घर जाँदै गर्दा महतोलाई प्रहरीको भ्यानले ठक्कर दिएको थियो । आइतवार राती नै महतोको ज्यान गए पनि प्रहरीले घटना लुकाएर आज सोमवार बिहान मात्र आफन्तलाई जानकारी दिएको स्थानीयवासीले दाबी गरेका छन् ।

घटनाको विरोधमा स्थानीयवासीले आज बिहानैदेखि बयलवास बजार बन्द गरेर इलाका प्रहरी कार्यालय घेराउ गरी टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शन बढ्दै गएपछि ईश्वरपुरमा सुरक्षा व्यवस्था कडा पारिएको सर्लाही प्रहरीले जनाएको छ । घट्ना पश्चात् स्थानियको भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेका थिए ।

कमेन्टहरु