देश

सिरहामा बिहानैदेखि निषेधाज्ञा, चोक चोकमा सुरक्षाकर्मी

जगत ठाडा मगर
२०७८ पुस १३ | बिहान ०८:०९ बजे

बिनोद मण्डल
सिरहा, पुस १३ । सिरहामा आज बिहानैदेखि निषेधाज्ञा गरिएको छ । जनमत पार्टीले केही दिनदेखि गरिरहेको आमहड्ताल र चक्काजामले सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई ध्यान राख्दै निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पुस १३ र १४ गते निषेधाज्ञा गरिएको बताए । बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म भेला हुन र बाहिर हिँडडुल गर्न रोक लगाइएको छ।

साथै निषेधाज्ञाका बेला पनि राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात भने सञ्चालन हुने प्रजिअ कवारीले जारी गरेको सूचनामा उल्लेख छ । सिरहा प्रशासनले आज बिहानै देखि सुरक्षा ब्यबस्था कडा पारिएको छ ।

photo 2021 12 27 18 59 05

कमेन्टहरु