आजकाे माैसम : हल्का वर्षादेखि हिमाली भू-भागमा हिमपातको सम्भावना

जगत ठाडा मगर
२०७८ पुस १३ | बिहान ०७:०९ बजे

काठमाडौ, पुष १३ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसमी अवस्थामा फेरबदल आइरहेको छ ।
आज देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ ।
यसैगरी सुदुर पश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै देशभर चिसो बढ्ने क्रम रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको सूचनामा उल्लेख छ ।






















