मकवानपुरबाट ६७ हजार नगदसहित ८ जना जुवाडे पक्राउ

जगत ठाडा मगर
२०७८ पुस १२ | मध्यान्ह ०८:०९ बजे

हेटौंडा । मकवानपुर प्रहरीले ६७ हजार ३ सय ३५ रुपैयाँ नगदसहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ । पुर्वीक्षेत्र बकैया गाउँपालिका–९ बैरुङदमारबाट जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले ८ जनालाई १६ थान कौडासहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बकैया ९ हर्कपुरका ३६ वर्षीय दावा लामा बम्जन, ठूलोथलीका ४० वर्षीय दिपलाल थोकर, सेतोभिरका ४९ वर्षिय सुन्दर घिसिङ, ५५ वर्षीय रामबहादुर थिङ, बकैया–५ पाङेखोला मगरटोलका ३२ वर्षीय सुशील लामा रहेका छन् । त्यस्तै खालबाट ३८ वर्षीय कमल थिङ, बकैया–११ गमलटारका ४५ वर्षीय विजय वाइबा र २६ वर्षीय विजय न्यासुर पक्राउ परेका हुन् ।
पक्राउ परेका उनीहरु सबै जनालाई ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारवाही थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।






















