दार्चुलामा एक बालिका बेपत्ता

जगत ठाडा मगर
२०७८ पुस १२ | मध्यान्ह ०५:०९ बजे

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका – ३ की एक बालिका बेपत्ता भएकी छिन् । आइतबार बिहान घरबाट विद्यालय जान भनी निस्केकी उनी सम्पर्कविहिन भएका हुन् ।
लटिनाथ मावि रस्कोटको कक्षा ५ मा अध्ययनरत सोही गाउँपालिका – ३ रिलकी १५ वर्षीया ईश्वरी धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ईश्वरी धामीको खोजीकार्यको लागि उनका बुवा कृष्णसिंह धामीले प्रहरीसमक्ष निवेदन दिएका छन् ।
उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।






















