देश

आज देशभर २७१ जना कोरोना संक्रमण पुष्टि

जगत ठाडा मगर
२०७८ पुस १२ | मध्यान्ह ०५:०९ बजे

काठमाडौं, पुस १२ । पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २७१ जनामा संक्रमण पुष्टि गरेको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ८८६ नमूनाको परीक्षण गरिएको थियो। जसमध्ये पीसीआरबाट २५१ र एन्टिजेनबाट २० जनामा कोरोना संक्रमण देखिएको हो। यस्तै सोमबार थप २२५ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ११ हजार ५ पुगेको छ। यस्तै आज कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

कमेन्टहरु