राजनीति

माओवादी महाधिवेशनमा देव गुरुङले प्रस्तुत गरे १५ पदाधिकारी रहने विधान मस्यौदा

जगत ठाडा मगर
२०७८ पुस १२ | मध्यान्ह ०३:०९ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् ।

अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि नेता गुरुङले विधान मस्यौदा पेश गरेका हुन् । मस्यौदामा पार्टीको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्षको व्यवस्था प्रस्ताव गरिएको छ ।

पदाधिकारी समावेशी बनाइने गुरुङले जानकारी गराए । त्यस्तै केन्द्रीय कमिटी २९९ सदस्यीय हुने र केन्द्रीय कमिटीको १० प्रतिशत मनोनित गर्न सकिने प्रस्ताव गरिएको छ ।

कमेन्टहरु