सशस्त्र प्रहरीले ठूलो परिमाणमा आर्युवेदिक औषधी बरामद

जगत ठाडा मगर
२०७८ पुस १२ | मध्यान्ह ०२:०९ बजे

जनकपुरधाम । धनुषाको जटही नाका भएर भारतबाट तस्करी गरेर नेपालतर्फ ल्याइरहेको औषधी सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी नगराइनका इन्स्पेक्टर संजय बराल नेतृत्वको टोलीले अबैध ७७० पिस इमुकेयर ट्याबलेट (आर्युवेदिक औषधी) बरामद गरेको हो ।
बरामद औषधी करीब ७७ हजार बराबरको रहेको छ । बरामद औषधी आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाएको छ । सशस्त्र प्रहरीले चेकजाँचमा कडाइ गरेपछि जटही नाकाबाट हुने लागूऔषधको तस्करी न्यूनिकरण भएको छ ।






















