काठमाडौको गागलफेदीमा एक महिला मृत फेला

जगत ठाडा मगर
२०७८ पुस १२ | मध्यान्ह ०१:०९ बजे

काठमाडौ । काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका– १ गागलफेदीमा एक महिला मृत फेला परेकी छिन् । गागलफेदीकी ३३ वर्षीया धनमाया तामाङ मृत अवस्थामा भेटिएकी हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले शव पोस्टमार्टमका लागि अस्पताल लगिएको जानकारी दिएका छन् । महिलालाई मृत अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए ।
मृत्युको कारण नखुलेकाले घटनाबारे थप अनुसन्धान गर्न त्रिवि शिक्षण अस्पतालको फरेन्सिक टोली, तालिमप्राप्त कुकुर र प्रहरीको टोली घटनास्थलमा पुगेका छन् ।






















