माओवादी केन्द्रको बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल गठन

जगत ठाडा मगर
२०७८ पुस १२ | मध्यान्ह ०१:०९ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सुरु भएको बन्दसत्र सञ्चालनका लागि सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।
अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहेका छन् । आइतबार महाधिवेशन उद्घाटन गरेको माओवादीले आज काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र सुरु गरेको छ ।
अहिले बन्दसत्रमा नेता प्रचण्डले प्रतिवेदन वाचन गर्न सुरु गरेका छन् । यसपछि विभिन्न २८ समूहमा प्रतिनिधिले उक्त प्रतिवेदनमाथी सामुहिक छलफल गर्नेछन् ।






















