नवलपुरको चोरमारामा चोरी गर्दा गर्दै दुई जना पक्राउ

जगत ठाडा मगर
२०७८ पुस १२ | बिहान ११:०९ बजे

कावासोती, पुस १२ । नवलपुरको चोरमारा बजारमा गएराती फेन्सी पसलमा चोरी गर्दा गर्दै दुई जना चोर पक्राउ परेका छन् । स्थानीय बासिन्दाका अनुसार गएराती मध्यविन्दु नगरपालिका ७ चोरमारा बजारमा रहेको विष्णु काफ्लेको फेन्सी पसलमा चोरी गर्ने क्रममा दुई जना चोर पक्राउ परेको हो ।
चोरमारा बजारमा गस्तीमा रहेको चोरमारा बेस क्याम्पका टोली र प्रहरी चौकी चोरमाराको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका – ४ निवासी १७ बर्षीय विशाल कुमाल र नवलपुरको हुप्सेकोट गाउँपालिका – ३ निवासी मिलन राना मगर रहेका छन् ।
पक्राउ पर्नेहरुलाई थप आवश्यक कारवाही अगाडि बढाइएर अनुसन्धान गर्ने नवलपुर प्रहरीले जनाएको छ ।






















