फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघमा नयाँ नेतृत्व चयन


काठमाडौ । नेपाल फर्निचर तथा फर्निसिङ महासंघको अध्यक्षमा सुजिल श्रेष्ठ चयन भएका छन् । महासंघको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल, प्रथम उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा युवराज पौडेल, तृतीय उपाध्यक्षमा गोकुल श्रेष्ठ, महासचिवमा ओमबहादुर बस्नेत, कोषाध्यक्षमा बद्रीप्रसाद हुमागाईं, सचिवमा राजकुमार दाहाल र सहकोषाध्यक्षमा अप्सरा थापा निर्विरोध भएका हुन् । महासंघको साधारण सदस्यमा हरिकुमार शर्मा, अशोककुमार कुँवर, खगेन्द्र खरेल, प्रेमबहादुर थापा, ज्ञानबहादुर नेपाली, लोकनाथ रेग्मी, शिवप्रसाद पाण्डे र अनिश जोशी चयन भएका छन् ।
एसोसिएटतर्फको सदस्यमा अजयकुमार घिराइया र मनीष अग्रवाल चयन भएका छन् भने आजीवन सदस्यको तर्फबाट ओमप्रकाश लोहिया चयन भएको महासंघले जनाएको छ । देशभर १२ हजारको संख्यामा फर्निचर व्यवसायी छन् । यो व्यवसायले दुई लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।
फर्निचर व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी छ भने वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा माथि छ । जसमा कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको छ ।






















