समाज

सिरहाका पक्की सडकमा गोवर राख्ने थलो बन्दा, दुर्घटनाको खतरा

जगत ठाडा मगर
२०७८ पुस १२ | बिहान ०९:०९ बजे

विनोद मण्डल
सिरहा । खास गरी जाडो मौषममा तराईका अधिकांश जिल्लामा वर्षा याममा हुने दाउराको कमीलाई पूरा गर्नका लागि मानिसहरूले गोबरबाट तयार गरिने गुइठा अर्थात् गोरहा बनाउने चलन रहेको छ ।

गोराहा मंसिर देखि बैशाख सम्म बनाएर सुकेको गुईठालाई पुन: घरमा राखिन्छ र त्यसले इन्धनको रूपमा खाना पकाउन प्रयोग गरिन्छ तर, आजभोलि सिरहाका पक्की सडकहरूमा गोबर थुपार्ने कार्य तीब्र रुपमा अगाडि बढिरहेको छ ।

बिहान बेलुका गोठबाट निकालिएको गोबरलाई पक्की सडकमा थुपर्दा त्यसले सडक फुट्ने र खतरा निम्तिने जोखिम हुँदा हुँदै पनि स्थानिय जनतामा चेतनाको अभावको कारणले लाखौं खर्च गरेर बनाइएको सडकको मूल्य नबुझ्ने जनतालाई सडक निर्माण गर्नु अघि चेतना मुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने एकातिर आवस्यक छ ।

यसलाई नियन्त्रण गर्ने कुनै निकायले वास्त नगर्दा दुर्घटना हुने सम्भावना बढेको प्रष्ट देखिन्छ । अर्कोतिर सडक अवरुद्ध हुने गरी गोबर राख्नेलाई कानुनी कारवाही अगाडि बढाउनु आजको आवश्यकता रहेको छ ।

कमेन्टहरु