देश

पोखराको सातमुहानेबाट लागूऔषध चरेससहित दुई जना पक्राउ

जगत ठाडा मगर
२०७८ पुस ११ | मध्यान्ह ०९:०९ बजे

कास्की । पोखराबाट प्रहरीले लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखरा –३२ स्थित सातमुहानेमा अवैध लागूऔषध चरेससहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुम जिल्ला भूमे गाउँपालिका –२ घर भइ हाल पोखरा –३२ सातमुहाने बस्ने ५६ वर्षीया कुमारी बुढा र १९ वर्षीय विकास थापा रहेको प्रहरीले जनाएको छ । अवैध लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १ किलो २३० ग्राम चरेस बरामद गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि लागूऔषध सम्बन्धी कसुर मुद्धामा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थपको अनुमति लिइ आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमेन्टहरु