देश

काठमाडौ नागढुंगाबाट एकजना लागुऔषध सहित पक्राउ

जगत ठाडा मगर
२०७८ पुस ११ | मध्यान्ह ०२:०९ बजे

काठमाडौ । काठमाडौंको नागढुंगाबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । आइतबार बिहान पौने ४ बजे चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित नागढुंगा चेक पोइन्टबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ।

विरगंजबाट काठमाडौं आउँदै गरेको ना ८ ख ४६८० नम्बरको यात्रुबाहक बसमा प्रहरीले चेकजाँच गरेको थियो। त्यसमा सवार पर्सा पकाहमैनपुर गाउँपालिका वडा नम्बर २ बस्ने २० वर्षीय सुनिल साहलाई प्रहरीले पक्राउ गरेको हो।

उनले बोकेको झोलाबाट लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीको चेकजाँचको क्रममा ५०० एम्पुल डाइजापाम, ५०० एम्पुल नुफिन, ५०० एम्पुल फेनरागन र ९०० ट्याब्लेट नाइट्राभेट बरामद गरेको वृत्तले जनाएको छ।

प्रहरीले पक्राउ परेका साहमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान अघि बढाएको छ।

कमेन्टहरु