राजनीति

प्रधानन्यायाधीश जबराविरुद्ध सम्पत्ति शुद्धिकरण विभागमा उजुरी

जगत ठाडा मगर
२०७८ पुस ११ | मध्यान्ह ०२:०९ बजे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।

डा. गोविन्द केसीसहितका नागरिक अभियन्ताहरु आइतबार जबराको सम्पत्ति खोजबिन र अनुसन्धान मागसहित उजुरी दिएका हुन् । जबराले परिवारका अन्य सदस्यका नाममा लगानी गरेको र अवैध सम्पत्ति लुकाएको आरोप अभियन्ताहरुको छ ।

जबराले आफू विशेष अदालतको न्यायाधीश हुँदा अवैध आर्जन गरेको, करोडौं रुपैयाँ श्रीमती रेजी राणा (क्षेत्री) मार्फत २०६५ सालमा काठमाडौं महानगरपालिका–३० ठमेलस्थित कित्ता नम्बर १०९ र कि.नं. ११० को बहुमूल्य जग्गा (हाल करिब ४० करोड भनिएको) मा लगानी गरेको उजुरीमा भनिएको छ ।

कमेन्टहरु