जनमत पार्टीले गरेको प्रदर्शनले सिराहा ठप्प


विनोद मण्डल
सिरहा, पुस ११ । नेपाली राजनीतिक इतिहासमा छोटो समयमा उदाएका जनमत पार्टीले आम जनताको समस्यालाई लिएर यतिबेला आवाज उठाइरहेका छन् । जनकपुरको ईन्जिनियरलाई गरेको कारवाही पछि पुन जनमत पार्टी चर्चामा आउन थालेका छन् ।

केही दिन अगाडि सिरहाको औरहीं गाउँपालिकाको गोदाममा वितरणको लागि राखिएको गहुँको बीउ किसानले आफै झिकेर लगेपछि प्रहरीले केही किसानलाई नियन्त्रणमा लिएर थुनामा राखेको कारण किसान ऊपर गाउँपालिका अध्यक्षले गराएको प्रहरी दमन विरोधमा सिरहाको कशाहा, गोलबजार, लाहान, मिर्चैया लगायत क्षेत्रमा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु पूर्व पक्षिम राजमार्गमा टायर बाली सडक अवरुद्ध गरेका छन् ।

कार्यकर्ताले किसानको रिहाईको माग गर्दै “किसानलाई मल खाद्य, बीउ र न्याय देऊ, किसान माथिको दमन बन्द गर” जस्ता नारा लगाई जुलुस प्रदर्शन गरिरहेका छन् । बन्दले सिरहाको शैक्षिक संस्था, उद्योग, पसल बन्द छ र आम जनजीवन पूर्णतया प्रभावित भएको छ । किसानलाई रिहा नगरेसम्म आन्दोलन जारी रहने जनमत पार्टी सिरहाले जनाएको छ ।






















