मौसम

आजको मौसम पूर्वानुमान : हल्का हिमपात र वर्षाको सम्भावना

जगत ठाडा मगर
२०७८ पुस ११ | बिहान ०७:०९ बजे

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभावका कारण देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भू–भागको एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । तराईका भू–भागहरुममा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

विभागका अनुसार आज सुदुरपश्चिम तथा कर्णाली प्रदेशहरूका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहने छ । आज दिउँसो देशको गण्डकी लुम्बिनी, कर्णालीर सुदुरपश्चिम प्रदेश लगायतका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

देशका पहाडी भू–भागको एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आजराति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदुर पश्चिम र कर्णाली प्रदेश का एक–दुई स्थानमा हल्का वर्षाको संभावना र हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

कमेन्टहरु