सिरहामा नेकपा एमालेको सपथ ग्रहण कार्यक्रम सम्पन्न


विनोद मण्डल
सिरहा, पुस १० । सिरहाको धनगढीमाई नगरपालिका – १४ मा नेकपा एमालेको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
पूर्व कानुन मन्त्री लिला श्रेष्ठको प्रमुख आथिथ्यमा भएको कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरुको उलेख्य सहभागिता रहेको थियो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रामप्रित राम, पूर्व सांसद रामरती राम, जिल्ला अध्यक्ष चण्देश्वर मण्डल लगायत जिल्लाका वरिष्ठ नेताहरु रामस्वरूप सदाय, रामकुमार शाह, निर्मला बास्तोला, शोभा बराल, शिवशंकर महतो, राजु श्रेष्ठ, युवा नेता राममणि मिश्र लगायतको सहभागिता रहेको कार्यक्रम नेकपा एमाले पार्टीकी प्रभावशाली नेत्री शोभा बरालले संचालन गरेकी थिइन् ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता लिला श्रेठले स्थानिय करिब ८६ वर्षिय बलबहादुर सुनुवार (काजी) लाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अधिकांश वक्ताले मदन भण्डारी पार्क निर्माण लगायत भौतिक पक्षमा जोड दिनु पर्ने बताएका छन् । वरिष्ठ नेता श्रेष्ठले मदन भण्डारी पार्कलाई पर्यटन क्षेत्रमा रूपान्तरण गर्नको लागि आफूले कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ भने यता नेता शिवशंकर महतोले अबको चुनावी माहोल एमालेमय हुनुपर्ने बताएका छन्।
कार्यक्रममा उपस्थित १४ ओटै वडाबाट भेला भएका नेता कार्यकर्तालाई वरिष्ठ नेता लिला श्रेष्ठले सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा चुनावी माहोलको बारेमा कुरा गर्दै कम्युनिष्ट आन्दोलनको क्रममा मदन भण्डारी पार्कमा बनाइएको घरले तत्कालिन अवस्थामा पुर्याएको योगदानको बारेमा केन्द्रिय सदस्य रामप्रित रामले चर्चा गर्नु भएको थियो ।






















