Opens in a new tab

बिश्व

सन्नी लियोनी लाई देश निकाला गर्ने धम्की, भिडिओ प्रतिबन्धको माग

जगत ठाडा मगर
२०७८ पुस १० | मध्यान्ह ०४:०९ बजे

एजेन्सी । पोर्न इण्डस्ट्री हुँदै बलिउड प्रवेश गरेकी नायिका सन्नी लियोनीले अभिनय गरेको गीत मधुवनमे राधिका नाचेको भिडिओलाई प्रतिबन्ध लगाउन माग गरिएको छ।

भारत उत्तर प्रदेशको मथुरामा रहेका साधुहरूले यो गीतको भिडिओलाई प्रतिबन्ध लगाउन माग गरेका हुन् । वृन्दावनका साधु नवल गिरी महाराजले सरकारलाई सो भिडिओविरुद्ध कारबाही अघि बढाउन माग गरेका छन्। उनले सन्नी लियोनीलाई कारबाही र भिडिओलाई प्रतिबन्ध नलगाए आफूहरू अदालत जाने बताएका छन्। उनले सन्नीको सीन नहटाए वा उनले माफी नमागे उनलाई देश निकाला गर्ने पनि बताइएको छ।

हिन्दूहरूको धार्मिक भावनामा ठेस पुगेको भन्दै भिडिओ प्रतिबन्ध लगाउन माग गरिएको हो । मधुवनमे राधा नाचे बोलमा राधालाई गलत ढंगले देखाइएको भन्दै उनीहरूले विरोध गरेका हुन्।

कमेन्टहरु