मेगा बैंकले अत्याधुनिक मोबाइल बैंकिङ्ग सेवा ल्यायो


काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ओम्नीच्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’ र बैंकको कारोबार गर्न मिल्ने वेबसाइटबाट सेवा प्राप्त हुने जनाएको छ ।
डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका/नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक नगद निकाल्न/पठाउन मोबाइल क्यास, रकम जम्मा गर्न मोबाइल भौचरलगायतका सुविधासमेत थप गरेको जनाएको छ । यस्तै बैंकले समानरुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले मेगा स्मार्ट बैंकिङ्ग मोबाइल एपको पनि स्तरोन्नति गरेको जानकारी दिएको हो ।
मेगा स्मार्ट बैंकिङ्ग मोबाइल एपको स्तरोन्नति भएसँगै बैंकका ग्राहकहरुले बैंकका सेवाहरु सम्बन्धी जानकारी, आफ्नो खाताको विस्तृत विवरण, मुद्दति खाता खोल्न, कार्ड आवेदन गर्न, रकमान्तर गर्न, क्यूआर कोड मार्फत भुक्तानी गर्न, अनलाइन रकम भुक्तानी गर्नका साथै डिजिटल बैंकिङ सम्बन्धी समस्या परेमा उजुरी दिन सक्ने जस्ता सेवाहरुको लाभ मोबाइल बैंकिङ्ग एप र वेबको माध्यमबाट उठाउन सकिने पनि बैंकले जनाएको छ ।






















