माओवादी स्थायी कमिटी बैठकमा राष्ट्रिय सम्मेलन बारे छलफल

जगत ठाडा मगर
२०७८ पुस ९ | बिहान ११:०९ बजे

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी छ ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पुस ११ देखि १३ गतेसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुन गइरहेको प्रथम राष्ट्रिय सम्मेलनबारे छलफल भइरहेको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताउनुभयो ।
राष्ट्रिय सम्मेलनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहालले तयार पार्नुभएको राजनीतिक प्रतिवेदनमाथि पनि सुझाव संकलन एवम् छलफल हुने भइरहेको जनाइएको छ ।






















