Opens in a new tab

देश

कञ्चनपुरको बेलौरीमा अक्सिजन प्लान्ट जडान कार्य सुरु

जगत ठाडा मगर
२०७८ पुस ९ | बिहान ०७:०९ बजे

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा अक्सिजन प्लान्ट जडान कार्य सुरु गरिएको छ । जिल्लाका चार पालिकाको संयुक्त आयोजनामा अक्सिजन प्लान्ट जडान कार्य सुरु गरिएको हो।

बिहीबार पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापा र बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले प्लान्टको निरीक्षण गरेका थिए। बेलौरीको श्रीपुर स्वास्थ्य चौकीमा प्लान्ट जडान गर्न लागिएको छ। प्लान्ट जडानका लागि काठमाडौंको फियर ट्रेड प्रालिसँग १ करोड ४३ लाख र बेलौरी नगरपालिकाको १२ लाख ५२ हजार ४ सय २९ रुपैयाँ बजेटमा बेलौरीकै गणेश निर्माण सेवासँग ठेक्का सम्झौता भएको बताइएको छ।

बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले दैनिक ७५ सिलिन्डर उत्पादन क्षमताको प्लान्ट जडानले कञ्चनपुरको दक्षिणी क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवामा निकै सहज हुने र अक्सिजनका अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्था रोकिने विश्वास व्यक्त गरे। अक्सिजन प्लान्ट बेलौरी र पुनर्वास नगरपालिकाको ६५/ ६५ लाख र लालझाडी र बेलडाँडी गाउँपालिकाको ३५/३५ लाख बजेटमा स्थापना हुन लागेको उनले बताए।

कमेन्टहरु