सिरहामा आफ्नै श्रीमानलाई दाउराको चिर्पट हानी हत्याको आरोपमा श्रीमती पक्राउ

जगत ठाडा मगर
२०७८ पुस ९ | बिहान ०७:०९ बजे

बिनोद मण्डल
सिरहा । सिरहामा चिर्पट प्रहार गरि आफ्नै श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका- १४ मड्यानका ३५ बर्षिय हर्कमाया बिक रहेको प्रहरीले जनाएको छ ।
बिकलाई आफ्नै ४० बर्षिय टेक बहादुरको दाउरा प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ गरिएको हो । घरायसी सामान्य बिबाद हुदा आफ्नै श्रीमानलाई दाउराको चिर्पटले टाउकोमा हान्दा अचेत भएका टेक बहादुर बिकलाई उपचारको लागि धनगढीस्थित आरके मेडिसिटी अस्पताल लैजानेक्रममा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिनु भएको छ ।
घटनाको खबर लगतै इलाका प्रहरी कार्यालय लाहान र विष्णुपुरबाट प्रहरी घटानास्थलमा पुगेर दोषीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






















