देश

धनगढीमा अवैध १८ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

जगत ठाडा मगर
२०७८ पुस ८ | मध्यान्ह ०७:०९ बजे

धनगढी । स्रोत नखुलेको १८ लाखभन्दा बढी रुपैयाँसहित कैलालीबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । १८ लाख २७ हजार नेपाली रुपैयाँसहित भारत उत्तर प्रदेश लखिमपुर खिरी निवासी निरज राजपुत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

धनगढी उप–महानगरपालिका–२ त्रिनगर भन्सारस्थित गौरीफन्टा नाका हुँदै धनगढीतर्फ आइरहेका उनले ज्याकेटभित्र लुकाईछिपाई ल्याइरहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

उनलाई कैलाली भन्सार कार्यालयमा बुझाइएको छ। भन्सारले उनीमाथि सम्पत्ति शुद्धीकरणको कारबाही प्रक्रिया अघि बढाइने बताएको छ । नेपाल राष्ट्र बैकले तोकेकोभन्दा बढी रकम भएको लिएर सीमा वारपार गरेको र सो रकम सही रुपमा कुनै किसिमको उद्घोषण नगरी भारतबाट नेपाल ल्याइएको हुँदा सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइने कैलाली भन्सारको भनाइ छ।

कमेन्टहरु