श्रीमती हत्या अभियोगमा श्रीमान पक्राउ

जगत ठाडा मगर
२०७८ पुस ८ | मध्यान्ह ०७:०९ बजे

संखुवासभा । आफ्नै श्रीमती हत्या गरेको आभियोगमा श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाचखपन नगरपालिका – ३ का दिपन राई रहेको प्रहरीले बताएको छ ।
उनलाई आफ्नै २९ बर्षिय श्रीमती बिष्णु माया राईलाई हत्या गरेको आरोपमा मंगलबार पक्राउ गरेको हो ।
बिष्णु माया राई पुष ५ गते राती मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनको हत्या भएको खुल्न आएपछि दिपनलाई पक्राउ गरेको हो ।
उनले सामान्य बादबिबादको क्रममा रिसको आवेगलाई थाम्न नसकी श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।






















