देश

डिजिटल बैंकिङसम्बन्धी ग्लोबल आईएमईको देशव्यापी साक्षरता अभियान

जगत ठाडा मगर
२०७८ पुस ८ | मध्यान्ह ०७:०९ बजे

काठमाडौ । ग्लोबल आईएमई बैंकले डिजिटल बैंकिङसम्बन्धी देशव्यापी साक्षरता अभियान चलाएको छ । डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत १७५ भन्दा बढी कार्यक्रम गरेको बैंकले जनाएको छ ।

सातै प्रदेशका गाउँदेखि शहरसम्म डिजिटल बैंकिङ साक्षरता कार्यक्रमहरू आयोजना गर्ने लक्ष्यसहित सुरु भएको अभियानले हालसम्म सातवटै प्रदेशमा १७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम गरेको छ ।
प्रदेश १ मा २९ वटा, प्रदेश २ मा १७ वटा, बागमती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा २४ वटा, लुम्बिनी प्रदेशमा ५४ वटा, कर्णाली प्रदेशमा ८ वटा र सुदूरपश्चिम प्रदेशमा २२ वटा कार्यक्रमहरू सञ्चालन गरिसकेको छ ।

बैंकले डिजिटल बैंकिङसम्बन्धी साक्षरता अभियान भियान आगामी हप्ता कर्णाली र काठमाडौं उपत्यकामा थप कार्यक्रमहरू सञ्चालन गरी समापन गर्ने जानकारी गराएको छ । स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्‍याउने उद्देश्यका साथ यस अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासीलाई लाभान्वित बनाएको जनाएको छ ।

डिजिटल बैंकिङ अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरूलाई डिजिटल माध्यमले विस्थापित गर्दै जान नियामक निकायले समेत घचघच्याइरहेको सन्‍दर्भमा डिजिटल बैंकको प्रयोग र यसका फाइदाहरूका बारेमा ग्लोबलले देशव्यापी अभियान चलाएको हो ।

कमेन्टहरु