एमाले अध्यक्ष ओलीलाई १५१ किलोको माला

जगत ठाडा मगर
२०७८ पुस ८ | मध्यान्ह ०४:०९ बजे

वीरगन्ज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा एक सय ५१ किलोको मालाले स्वागत गरेका छन् ।
पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई एक सय ५१ किलोको माला लगाइदिएर स्वागत गरेका हुन् ।
सोही कार्यक्रममा मियाँ माओवादी केन्द्र त्याग गरी एमालेमा प्रवेश गरेका छन् ।






















