राजनीति

एमाले बाँकेका उपसचिव प्रमोद धिताल एकीकृत समाजवादीमा प्रवेश

जगत ठाडा मगर
२०७८ पुस ८ | मध्यान्ह ०२:०९ बजे

काठमाडौं । नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । आज कोहलपुरमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धिताललाई पार्टीमा स्वागत गरेका हुन् ।

धिताल समाजवादीमा प्रवेश गरेको सो पार्टीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले जानकारी दिए । उनले भने– ‘अन्य कार्यकर्तासँगै उपसचिव पनि यता हाम्रोतिर आउनुभएको हो ।’ शुरुदेखि माधव नेपाल पक्षमा रहेर पनि एमाले विभाजन हुँदा धिताल एमालेमै बसेका थिए । उनी आज माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

उनले एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधि र विधान विपरित चलाएको र काम गर्ने वातावरण नबनाएको भन्दै असन्तुष्टि पोखेका थिए ।

कमेन्टहरु