देश

कुख्यात अपराधी चार्ल्स शोभराजको मुद्दा न्यायाधीश सिन्हाको एकल इजलासमा

जगत ठाडा मगर
२०७८ पुस ८ | मध्यान्ह ०१:०९ बजे

काठमाडौ । चर्चित अपराधीका रुपमा कुख्याती कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको छ ।

आफू वृद्ध भएका कारण कारागारबाट रिहाइ हुनपाउँ भन्दै उनले बुधबार दिएको बन्दी प्रत्यक्षीकरणको निवेदन अन्तर्गत आज सिन्हाको एकल इजलासमा परेको हो ।उक्त रिट निवेदन बिहीबारका लागि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासको पहिलो नम्बरमा परेको छ ।

दुई विदेशी नागरिकको हत्यामा संलग्न रहेको कसुरमा सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाइएका शोभराज जेलमा छन् । चार दशकअघि नेपालमा अमेरिकी र क्यानडालीको हत्या गरेको अभियोगमा झन्डै १८ वर्षदेखि शोभराज केन्द्रीय कारागारको गोलघरमा छन् ।

अमेरिकी महिला कोनी जो ब्रोनजिक र क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या अभियोगमा शोभराजलाई फरकफरक मुद्दामा काठमाडौं र भक्तपुर जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

कमेन्टहरु